काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेपछि आफूले त्यस्तो महसुस गरेको सभापति देउवाले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “व्यापक परीक्षण गर्न तत्काल गति बढाउनु पर्ने स्थिति छ, सरकारको ध्यानाकर्षण गराउँछु ।”(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा