फेरि बढाइयो लकडाउनको समयावधि

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १६ : ३०
फेरि बढाइयो लकडाउनको समयावधि

काठमाडौं । लकडाउनलाई ८ दिन थप गरेर सरकारले बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको छ । 

आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । कोरोनाका संक्रमित व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाइएको हो ।

यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो ।