वीरगञ्ज । प्रहरीले जलाउँदै गरेको शव नियन्त्रणमा लिएको छ ।
पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार उर्मिलाको हत्या भएको आशंकामा अनुसन्धानका लागि शवसहित मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक उर्मिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।
प्रहरीले जलेको शरीरको केही भाग संकलन गरेर परीक्षणका लागि पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै