फेरि लकडाउन समय थप्न सुझाव

पत्रपत्रिकाबाट

शनिबार, २२ चैत्र २०७६, ०८ : ३८
फेरि लकडाउन समय थप्न सुझाव

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताले लकडाउनलाई तत्काल खुकुलो बनाउन नहुने बताएका छन् । लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोनाको टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न नहुने सुझाएका हुन् । 

सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । अझै २५ चैतसम्म लकडाउन यथावत् रहेको छ । केहीले लकडाउन खुकुलो पार्नुपर्ने बताउँदै आएका छन् । दलका नेताहरूले भने अहिले खुकुलो पार्नुपर्ने अवस्था नआएको जिकिर गरेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिएका सातैजना विदेशबाट आएका रहेको र उनीहरूको सम्पर्कमा आएका व्यक्ति र परिवारको परीक्षणपछि मात्रै लकडाउन खुकुलो पार्न सुझाएका छन् । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पर्याप्त परीक्षण गरेर मात्रै लकडाउन खुकुलो बनाउन सकिने बताए ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि लकडाउन खुकुलो पार्ने नभई परीक्षण धेरैभन्दा धेरैमा गर्नुपर्ने बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस