उपप्रधानमन्त्री इश्वर पोखरेलको ‘असली रुप’ यसरी बाहिरियो

सफल खबर संवाददाता

विहीबार, २० चैत्र २०७६, ११ : ११
उपप्रधानमन्त्री इश्वर पोखरेलको ‘असली रुप’ यसरी बाहिरियो

काठमाडौं । सत्तारुढ दल नेकपामा ‘कार्यकर्ता बिनाका मियो’ का रुपमा छन्,–अहिलेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । दुई दुई पटक तत्कालिन एमालेको महासचिव बनेपनि उनीसँग पछि लाग्ने एकाध नेता कार्यकर्ता बाहेक अन्य नेता कार्यकर्ता छैनन् ।

प्रधानमन्त्री ओलीको वफादार सिपाही बनेर उनको उत्तराधिकारी बन्ने दौडमा निक्कै लागेपनि प्रधानमन्त्री ओलीसम्मले उनलाई खास विश्वास गदैनन् भन्ने तत्कालिन एमाले र माओवादी बीचको पार्टी एकताकै क्रममा देखिएको थियो । ओलीले विष्णु पौडेललाई विश्वास गरे, उनलाई महासचिवबाट पन्छाएर पार्टीमा सचिवालय सदस्यका रुपमा मात्र थन्काईदिए ।

सरकारमा पनि उनले महत्वपूर्ण मन्त्रालय त्यसमा पनि अर्थ मन्त्रालयको जिम्मेवारी खोजेका थिए । तर उनलाई रक्षा मन्त्रालयमा लगेर प्रधानमन्त्री ओलीले थन्काईदिए । आर्थिक रुपमा अपारदर्शी स्वभावका पोखरेललाई अर्थमन्त्रालयको बागडोर सम्हाल्न दिदा आर्थिक अराजकता बढ्न सक्ने ठानी प्रधानमन्त्रीले पोखरेललाई अर्थको जिम्मा नदिई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
आर्थिक मेसो मिल्ने बित्तिकै उनले कतिसम्म गर्दा रहेछन भन्ने प्रमाण कोरोना भाइरस (कोविड १९) संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखिएको छ । मृगौला प्रत्यारोपण पछि आराम गरी बालुवाटारमै बसेका प्रधानमन्त्री ओलीसम्मलाई गुमाराहमा राखेर उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आइटी विज्ञ अलि असगर, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, हिमालयन ह्वाइट हाउस कलेजका सञ्चालक युवराज शर्मा, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सम्मको मिलेमत्तोमा स्वास्थ्य खरिद सम्झौता अगाडी बढाएका थिए । 

आफ्नै छोरा स्वरुप पोखरेर्ल, रिमालका छोरा क्षितिज रिमाल लगायतलाई अदृश्य रुपमा अगाडी सारेर मह्ँगो दररेटमा सामाग्री ल्याउने गरी पोखरेलले स्वास्थ्य खरिदको सम्झौताका लागि वातावरण मिलाएका थिए । आफुले भनेकै र आफुहरुलाई समेत कमिसन आउने भएपछि मात्र यो समुहले ओम्नीसँग स्वास्थ्य खरिद सम्झौता गरेको थियो । सम्झौता विवादास्पद भएको र शासकिय जिम्मेवारीमै रहेका नेताहरु समेत अनियमतिता प्रकरणमा आफुलाई समेत ढाटछल गरेर लागेको भित्री कुरा प्रधानमन्त्री केपी ओलीले पत्तो पाएपछि अन्ततः उनले ओम्नीसँगको सम्झौता खारेज गर्न निर्देशन दिएका थिए ।

त्यसपछि ओम्नीसँगको सम्झौता स्वास्थ्य सेवा विभागले बुधबार खारेजको निर्णय गरेको थियो । सम्झौता खारेज हुनु केही घण्टा अगाडीसम्म उपप्रधानमन्त्री पोखरेल खरिद सम्झौताको सम्पूर्ण जिम्मा आफुले लिने बताईरहेका थिए । तर एकाएक प्रधानमन्त्रीले सम्झौता खारेज गर्ने निर्देशन दिएपछि भने उनी सम्झौताका विषयमा सबै कुरा स्वास्थ्य सेवा विभागका महानिर्देशक लाई सोध्न भन्दै पन्छिन थालेका छन् ।

यसैबाट देखिन्छ उपप्रधानमन्त्री पोखरेलको असली अनुहार । तलका यी दुई फरक–फरक सञ्चारमाध्यममा उपप्रधानमन्त्री पोखरेलले दिएका दुई अन्र्तवार्ता एकै दिनका तर एकाध घण्टा फरकमा दिएका अन्र्तवार्ता हुन् ।

पहिलो अन्र्तवार्ता इमेज टेलिभिजनमा दिएका थिए । त्यहाँ उनले प्रष्टै भनेका छन्,–‘केही ब्यापारीहरुले यस्ता बेलामा मौका आफुले उठाउन नपाएको झोकमा पनि अनेक कुरा उठाएका हुन सक्छन् । सम्पूर्ण ढंगले प्रक्रियासंगत रुपमा भएका छन् । म त्यो अभियानको मुख्य जिम्मेवार ब्यक्तिको नाताले त्यसको सम्पूर्ण रुपमा जिम्मा लिन्छु ।’

हेर्नुहोस इमेज टेलिभिजनमा उपप्रधानमन्त्री पोखरेलले दिएको अन्र्तवार्ताको उक्त क्लिप्स् :

तर फेरि प्रधानमन्त्रीको ठाडो निर्देशनमा सम्झौता स्वास्थ्य सेवा विभागले रद्ध गरिदिएपछि उनले नयाँ पत्रिका दैनिकलाई दिएको अन्र्तवार्तामा स्वास्थ्य सेवा विभागका डाइरेक्टरले सम्झौता गरेको र स्वास्थ्य सेवा विभागका डाइरेक्टरले नै रद्द गरेको भनी पन्छिन खोजेका छन् ।

 

नयाँ पत्रिकाको हरेक प्रश्नमा उनले गैहजिम्मेवार ढंगले प्रस्तुत भई जिम्मेवारीबाट पन्छिन खोजेका छन् । सरकारले गरेका तयारीका विषयमा समेत जवाफ दिन पन्छिएर एउटा जिम्मेवार उपप्रधानमन्त्री जो उच्चस्तरीय समिति देखि टाक्सफोर्स सम्मको नेतृत्व लिईरहेका छन,  गैहजिम्मेवारीपूर्ण तरिकाले प्रस्तुत भएका छन् ।

हेर्नुहोस नयाँ पत्रिका दैनिकमा पोखरेलले दिएको अन्र्तवार्ता :
यो प्रकरणमा पोखरेलका छोरा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालका छोरा सम्म जोडिएको भनी सञ्चारमाध्यममा खबरहरु प्रकाशित भईरहेका छन् । तर त्यसबारेमा न पोखरेलले जवाफ दिन चाहेका छन, न रिमालले नै । बरु उल्टै त्यस्ता अनियमितताको ढाकछोप कसरी गर्ने भन्नेमा तल्लिन हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस