काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीमाथि काठमाडौं प्रेस नामक अनलाइनको साइट नियन्त्रणमा लिएको आरोप लागेको छ। काठमाडौं प्रेसले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत चीनबाट मेडिकल सामग्री खरिद विषयमा अलीसमेतको संलग्नता रहेको समाचार प्रकाशित गरेपछि उनले सो अनलाइन न्युज पोर्टल अनधिकृत नियन्त्रणमा लिएर समाचार हटाएको आरोप छ।
काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले अलीले सो समाचार हटाउन पटकपटक दबाब दिएको तर आफूले नमानेपछि उनले न्युज पोर्टल नै नियन्त्रणमा लिएर हटाएको बताए। उनले यो विषय अन्यन्तै गम्भीर भएकाले आफू न्यायिक प्रक्रियामा जाने जनाए।
काठमाडौंं प्रेसले ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ भन्ने समाचार प्रकाशित गरेको थियो। सो समाचारमा मेडिकल सामग्री खरिदमा प्रधानमन्त्रीका आइटीविज्ञ अली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका छोरा श्वराजलगायतको संलग्नता रहेको उल्लेख छ।
सो समाचार अलीको टिमले हटाउन दबाब दिँदा आफूले नमानेपछि उनले एडमिन नियन्त्रणमा लिएर हटाएको काठमाडौं पे्रसको दाबी छ। सम्पादक परियारका अनुसार काठमाडौं प्रेसको साइट अलीको स्वामित्वमा रहेको एफवान सफ्टको भगिनी कम्पनी सिरान टेक्नोलोजीजले निर्माण गरेको हो।
सम्पादकीय टिमको अनुमतिबिना नै सिरान टेक्नोलोजीजका प्राविधिकले नयाँ एडमिन निर्माण गरेर अलीलगायत विषयमा लेखेको सामाचार हटाएको काठमाडौं प्रेसको दाबी छ। करिब डेढ घण्टा समाचार साइटमा नखुलेपछि अन्य प्राविधिकको सहायतामा समाचार रिकभर गरिएको काठमाडौं प्रेसले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० चैत्र २०७६, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली
पब्लिक डिबेटका लागि तयार छु : केपी शर्मा ओली
नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ : अध्यक्ष ओली
उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस