काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट नेपाल आएर विभिन्न जिल्लामा गएका ४१ हजार बढीकोे टे्रस गरेर उनीहरुको विवरण अध्यावधिक भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विदेशबाट आएका ४१ हजार ४ सय मानिसको अध्यावधिक गरिएको जानकारी दिएका हुन् ।
नियमित पत्रकार सम्मेलनमा देवकोटाले उनीहरुलाई आवश्यक पर्दा सरकारले जुनसुकै बेला सम्पर्कमा ल्याउन सक्ने बताए । उनले अहिलेसम्म कोरोना संक्रमित विरामीको संख्या नेपालमा नबढेको भन्दै वीर अस्पताल र पाटन अस्पतालमा मृत्यु भएका तीन जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ चैत्र २०७६, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
गम्भीर प्रकृतिका ६ वटा रोगको निःशुल्क उपचार
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र