क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, १७ : ३९
क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय

काठमाडौ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न कडा कारबाही गर्ने भएको छ । 

आइतबार बसेको कोभिड–१९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो ।

“विदेशबाट आएकाले अनिवार्य क्वारेन्टाइनमा बस्नु भन्ने सरकारको आदेशलाई अटेर गर्ने, जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआउने र क्वारेन्टाइनमा बसेर पनि भाग्ने प्रवृति देखिएकाले उनीहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार अधिकतम कैद सजाय गर्ने निर्णय भएको छ”, समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले भने। 

संक्रामक रोग ऐन २०२० अनुसार उनीहरूलाई कैद सजाय गर्ने कोरोना भाइरस  संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आजको बैठकले निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस