एजेन्सी । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसंगै अमेरिकाको न्यूयोर्कमा लकडाउन गर्ने तर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गरेका छन् ।
संक्रमण कम गर्नका लागि लकडाउन उपयुक्त विकल्प हुनेबारे विचार भइरहेको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले पत्रकारसँग भनेका छन्, ‘न्यूयोर्क संक्रमणको हटस्पट भएकाले यहाँ क्वारेन्टाइन लागु हुन सक्ने छ । मैले यसबारे सोचिरहेको छु ।’
अमेरिकाको न्यूयोर्कमा मात्रै कोरोना भाइरसका कारण हुने कोभिड–१९ पुष्टि भएका ५२ हजार भन्दा बढी व्यक्ति छन् । अमेरिकामा अहिलेसम्म एक लाख २३ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तर न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले क्वारेन्टाइनको विकल्प निरर्धक, अमेरिकी विरोधी र युद्धको घोषणा हुने बताएका छन् । राज्यले यसअघि नै क्वारेन्टाइनका सबै नियमहरु लागु गरेको बताएका छन् ।
न्यूर्योकमा मानिसहरु भेला हुन रोक लगाइएको छ भने मानिसलाई घरमै बस्न भनिएको छ । गभर्नर कुओमोले सिएनएनसँग भनेका छन्, ‘यदि हामीलाई यहाँबाट अरु स्थानमा जान रोक लगाइन्छ भने त्यो लकडाउन नै हो । त्यसपछि हामी वुहान, चीन नै बन्ने छौँ । त्यसको कुनै अर्थ छैन ।’ लकडाउनले अर्थतन्त्रलाई धरासायी बनाउने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प