लकडाउन उल्लंघन गर्ने विरुद्ध प्रहरी निर्मम, ठाउँका ठाउँ पक्राउ

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १० : ११
लकडाउन उल्लंघन गर्ने विरुद्ध प्रहरी निर्मम, ठाउँका ठाउँ पक्राउ

फाईल फोटो

काठमाडा । अत्यावश्यक काम बाहेक बाहिर निक्कने विरुद्ध नेपाल प्रहरीले निर्मण बन्ने नीति अख्तियार गरेको छ । 

चारदिन अघि अत्यावश्यककाम बाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश (लकडाउन) उल्लङ्घन गर्ने विरुद्ध प्रहरी कडाइका रुपमा प्रस्तुत शुन थालेको छ । आफ्नो स्वास्थ्यमा समेत खेलवाड भइरहेको छ । यो खेलवाड एक व्यक्तिका लागि होइन । एक जनाको हेल्चेक्राईले आम समुलायलाई असर गर्छ सक्न । त्यसैले हेल्चेक्र्याई गर्ने बेला नभएको प्रहरीले जनाएको छ । 

विहान मात्रै प्रहरीले साँढे २ सयलाई पक्राउ गरिसकेको छ । आदेशो कडाइृका साथ लागु गर्न प्रहरीको विशेष टोलीनै खटाइएको छ । डिभाईसको प्रयोग गरेर समेत नियन्त्रणमा लिन थालिएको छ ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आदेश उल्लंघन गर्ने ७० वटा मोटरसाईकल र गाडीहरु पनि नियन्त्रणमा लिएको बताए ।

स्वास्थ्य जस्तो गम्भिर विषयमा सरकारी आदेशको अवज्ञा गर्दा आफैँलाई हानी हुन्छ । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिंड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो । 

जानकारी भएन भन्ने थियो ,अब त जानकारी सबैलाई छ, लापरवाही गरेर निस्किने गरेका छन्, उनीहरुलार्इ छाडिन्न । डिआईजी पोखरेलले भने । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको रोगका मुलुकमा पनि चार जनामा संक्रमण भइसकेको अबस्था छ । त्यसप्रति सचेत नभए आम समुदायलाई प्रभावित पार्न सक्छ । 

विश्वव्यापी रूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत १२ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेरक बाहिर ननिस्कन भनेको थियो । यो १८ गतेसम्म कायम रहने छ । विश्वका २०० दशेमा कोरोना भाइसर फैलिसकेको छ । झण्डै २५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ  ।

प्रतिक्रिया दिनुहोस