काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्पताल भर्ना भएका छन् । २१ फागुनमा मृगौला दोश्रो पटक पूनः प्रत्यारोपण गरेर प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरी बसेका ओलीलाई हिजो मध्यराती अस्पताल भर्ना गर्न लगेका हुन् ।
बिहीबार राति मुटुमा एक्काशी केही समस्या भएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि राति नै अस्पताल लगिएको बताइन् । हाल प्रधानमन्त्रीलाई अब्जरभेसनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताइन् ।
ओली नेपालमै कोरोना भाइरसका संक्रमित समेत देखा परेपछि बालुवाटारमा भेटघाट लगायतका काम बन्द गरेर बसेका थिए । उनले सरकारका निर्देशनहरु आवश्यक पर्दा टेलिफोन मार्फत दिदै आएका थिए । कोरोना भाइरसको संक्रमण बालुवाटार प्रवेश नहोस भन्न्का लागि प्रवेश ३ को गेटमा हात धुने र स्यानटाइजर प्रयोग गर्ने ब्यवस्था मिलाइदै आएको थियो ।
प्रधानमन्त्रीका निजि चिकित्सक डा शाहले भनिन्,–‘उहाँको स्वास्थ्य अहिले ठीक छ । राति हर्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं । उहाँको यो पुरानै समस्या हो । कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो । केही बेरमा हामी डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री
मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
प्रधानमन्त्री शाह आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै
राष्ट्रिय अनुसन्धानमा भन्दा सेनाको डिएमआई' मा प्रधानमन्त्रीको भर
प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै