वैज्ञानिकले भने : लापरबाही गरे बढ्न सक्छ जोखिम, सरकारहरुले गम्भिर कदम नउठाए स्थिति खराब

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, ०९ : ४६
वैज्ञानिकले भने : लापरबाही गरे बढ्न सक्छ जोखिम, सरकारहरुले गम्भिर कदम नउठाए स्थिति खराब

काठमाडौँ । विश्व्यापी कोरोना भाइरसको महामारी फैलिरहेका बेला विज्ञहरुले भने लापरबाही गरे जोखिम  बढ्ने चेतावनी दिएका छन् । विश्वका सरकारहरुले बेलैमा ध्यान दिएर गम्भिर कदम उठाउनुपर्ने अबस्था रहेको उनीहरुको भनाइ छ । इटाली र स्पेनले बेलैमा ध्यान नपुर्याउँदा जोखिम बढेको थियो । 

नेपालमा पनि गम्भिर कदम नचाले जोखिम बढ्ने देखिन्छ । अझ नेपालका सर्वसाधारणहरुले अझै पनि रोगलाई गम्भिरताका साथ लिएका छैनन । उनीहरु लहैलहैमा र हेरौँ कस्तो हुन्छ भनेर जथाभावी सडकमा निस्कने भिडभाड गर्ने गरेका छन् । यसले रोग सर्न मदत गर्छ ।  अझै हाम्रो जस्तो मुलुकमा श्रोत साधनको अभाव भएको र  विकासोन्मुख भएकाले जोखिम कयौँ गुण बढी हुन्छ । लण्डनको एक कलेजका वैज्ञानिकहरुले उक्त चेतावनी दिइसकेका छन् । 

उपचार विधि पत्ता नलागेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणले अहिले विश्वलाई प्रभावित बनाएका बेला नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेबाट अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणका लागि आदेश जारी गरेको थियो । उक्त आदेश चैत १८ गते विहान ६ बजेसम्म लागू हुने छ । त्यसलाई वास्ता नगर्ने प्रवृत्ति देखिएको छ । 

सरकारको उद्देश्य कोही मानिस एक अर्कासँग सम्पर्कमा जान नपाओस् भन्ने हो । जसका कारण एक व्यक्तिबाट अर्काेमा रोग सर्न पाउँदैन । सानो कमजोरीले पनि स्थिति भयावह हुनसक्न भन्नेतर्फ आफैँ सचेत हुनुपर्छ । पूर्ण कार्यान्वयमा कतै न कतै कमजोरी भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महामारीको रुप लिँदै गएको कोभिड–१९ एउटा सरुवा रोग भए कै कारण मानिसमा सजिलै फैलन्छ । त्यसैले नेपालमा रोग फैलनु अघि नै सावधानी अपनाउन सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको हो । यस्तो समस्या जिल्ला जिल्लामा देख्न सकिन्छ । सामाजिक सञ्जालमा तस्वीर र भिडियोहरु सार्वजनिक भइरहेको छ ।

उल्लंघनका घटनाहरु भएका छन् । मूल सडक र शहरमा सरकारी आदेशको पालना प्रभावकारी देखिए पनि भित्रि बजार र सडकका छिटफुट बेपर्वाहले आम मुलुकलाई नै प्रभावित गर्न सक्न भन्नेतर्फ हेक्का कम छ । आफ्नै स्वास्थ्यमा पनि किन यस्तो बेपरवाह ? गम्भिर प्रश्न खडा भएको छ । 

सरकारको मात्रै भर पर्नु भन्दा पनि सरकारलाई सहयोग गर्नु आम नागरिकको कर्तव्य हो, फेरि यो आफ्नै स्वास्थ्यका लागि हो भनेर हामी आफैँ सचेत हुनुपर्छ भन्ने चेत मानिसमा आउनुपर्छ भन्छन् एक जना मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना । डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकको सूचिमा राखिसकेको छ । त्यसैलाई मध्यनजर गरी नेपाल सरकारले अहिले मुलुकलाई एउटा लकडाउन कै स्थितिमा राखेर अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाएको छ । 

आज तेस्रो दिन हुँदा पनि सरकारको आदेश मूल सडकमा पूर्ण कार्यान्वयन भए पनि भित्री भागमा भने त्यस्तो देखिँदैन । यातायातका साधनमा हिाडेकालाई प्रहरीले पक्राउ गरेर छाड्ने गरेका भए पनि अनावश्यक रुपमा पैदल हिँड्नेको हकमा प्रहरीको समेत चासो कम पर्ने गरेको छ । साँझको समयमा भित्री सडक र बजारमा मानिसको उपस्थिति बाक्लै देखिन्छ ।  गएको डिसेम्बर ३१ मा पहिलो पटक चीनको उहानबाट शुरु भएको कोभिड–१९ को सङक्रमण यूरोप अमेरिका हुँदै विश्वका १९८ मुलुकमा फैलिसेको छ ।

छिमेकी मुलुक चीन र भारतमा कोरोनाका कारण मानिसको मृत्य समेत भइसकेको छ । नेपालमा तीन जनामा भाइरस सङ्क्रमण भएको पाइएका छन् । तीनै जना विदेशबाट आएका हुन् ।  यस हिसाबले नेपालमै बसेकामा अहिलेसम्म सङ्क्रमण नदेखिनु सकारात्मक हो ।  इटली र स्पेनमा कोभिड–१९ कै कारण केही दिन अघिसम्म दैनिक सयौँ व्यक्तिको मृत्यु भएको विवरण छ । इटालीमा सरकार होस् या नागरिकले बेलैमा सावधानी नअपनाउँदा स्थिति भयावह बन्न पुगेको समाचार आइरहेका छन् ।

चीनले तत्कालै सम्बन्धित प्रान्तलाई लकडाउन गर्दा उसले क्षति कम बेहोर्नुपर्यो । त्यसैको पाठ सिकेर नेपाल सरकारले पूर्व सावधानी स्वरुप अत्यावश्यक बाहेक बाहिर ननिसकन आदेश जारी गरेको हो । विश्वका धेरै मुलुक अहिले यही प्रक्रिया अपनाइरहेका छन् । भारतले आफ्नो मुलुकलाई २१ दिनको लकडाउन गरिसकेको छ । अष्ट्रेलिया, जोर्डनलगायत देशले पनि त्यसलाई कडाइका साथ लागू गरेको छ ।

दक्षिण अफ्रिकाले पनि तयारी गरिरहेको छ । अन्य मुलुक पनि लकडाउनको अभ्यास गरिरहेका छन् । अहिले विश्व नै लकडाउनको स्थितिमा छ भन्दा पनि हुन्छ । प्राप्त विवरण अनुसार विश्वका १९८ मुलुकमा झण्डै पाँच लाख मानिस उक्त रोगबाट प्रभावित भइसकेका छन् । त्यसमध्य २१ हजार ३०० बढीको मृत्यु भइसकेको छ । १ लाख १४ हजार उपचारपछि फर्किसकेका छन् ।  चीनमा अहिलेसम्म ३ हजार २८७ जनाको मृत्यु भएको छ । त्यसको दोब्बर इटलीमा ७ हजार ५०० को निधन भइसकेको छ । स्पेनमा ३ हजार ६०० को ज्यान गईसकेको छ । अमेरिकामा मर्नेको संख्या एक हजार नाघिसकेको छ । 

प्रतिक्रिया दिनुहोस