दल खोल्नुको अर्थ चुनावमा जानु होइन: मिरज ढुंगाना

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०८२, १३ : ५०
दल खोल्नुको अर्थ चुनावमा जानु होइन: मिरज ढुंगाना

काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ छ ।

‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो क्लियर होस्,’ उनले भनेका छन् ।

हुलमुल मात्रै भएर देशको विकास नहुने जिकिर गर्दै उनले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस