नर्भिकले बढायो नर्सहरूको तलब

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०८२, १९ : ४६
नर्भिकले बढायो नर्सहरूको तलब

काठमाडौँ। नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सिङ कर्मचारीको तलब वृद्धि गरेको छ। अब स्नातक तहका नर्सको न्युनतम तलब रु ३७,००० हुनेछ।

अस्पतालले कात्तिक १ गतेदेखि लागू हुने गरी चालु आर्थिक वर्षमै दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गरेको हो।

प्रेस विज्ञप्तिमा बिरामी सेवामा अहोरात्र खटिने नर्सहरूको योगदान कदर गर्दै तलब वृद्धि गरिएको जनाइएको छ। साथै, जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचारमा देखाइएको सेवाभावको प्रशंसा गर्दै अस्पतालले स्वास्थ्यकर्मीको मनोबल र हितका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस