काठमाडौं । शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत आफ्नो रोलेक्स घडीबारे रमाइलो शैलीमा टिप्पणी गरेका छन्। संचारमन्त्री जगदीश खरेल रोलेक्स घडी प्रकरणमा बेकारमा विवादमा तानिएपछि पुनले फेसबुकमार्फत व्यंग्यात्मक रूपमा आफूसँग पनि रोलेक्स भएको उल्लेख गरेका हुन्।
पुनका अनुसार केहीअघि (मन्त्री नबन्दै) ताप्लेजुङमा किताब बेच्दै जाँदा सुकेटारका एक वृद्ध दम्पतीले फुङलिङ बजारमा आफूलाई रोलेक्स घडी उपहारस्वरूप दिएका रहेछन्। उनले भनेका छन्, “मैले लिन नमाने पनि दम्पतीले जबरजस्ती दिनुभयो, मैले झोलामा राखेर बाँचिएछ, लगाएको भए त बर्वादै हुने रहेछ।”
उनले फेसबुक स्टाटसमा हास्यात्मक इमोजीहरू प्रयोग गर्दै तीन वर्षअघि बेलायतमा बस्ने एक साथीले पनि रोलेक्स घडी दिएको र त्यसबेला आफूले फेसबुकमै राखेर बेचिदिएको बताएका छन्।
“तर अहिलेको यो घडी बेच्दिन, गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई,” भन्दै पुनले पोस्टको अन्त्यमा हाँस्य व्यंग्य थपेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता
म्याग्दी–१ : स्वतन्त्र उम्मेदवार महावीर पुनः अग्रस्थानमा
महावीर पुनलाई समर्थन गर्ने उज्यालो नेपाल पार्टीको निर्णय
३ वटा अध्यादेश ल्याउन सहयोग नभएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ : महावीर पुन
सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन
प्राध्यापकको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन