काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार राति अस्पताल भर्ना गरिएको छ। असहज महसुस भएपछि राती ११ बजे ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ ।
उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनपछि बालुवाटार फर्किएका थिए।
प्रत्यारोपण पछि चिकित्सकले केही समय आराम गर्न सुझाएपनि प्रधानमन्त्री ओली काममा फर्किएका थिए । ओलीलाई डिस्चार्ज गर्ने बेला उपचारमा संलग्न चिकित्सकले सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।
स्रोतका अनुसार ‘प्रधानमन्त्रीलाई असहज महसुस भएपछि यहाँ भर्ना गरिएको हो।’ यस विषयमा के भएर उनी अस्पताल पुगेका हुने भन्नेमा थप जानकारी आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ
ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै, यस्तो छ कारण
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट