काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार राति अस्पताल भर्ना गरिएको छ। असहज महसुस भएपछि राती ११ बजे ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ ।
उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनपछि बालुवाटार फर्किएका थिए।
प्रत्यारोपण पछि चिकित्सकले केही समय आराम गर्न सुझाएपनि प्रधानमन्त्री ओली काममा फर्किएका थिए । ओलीलाई डिस्चार्ज गर्ने बेला उपचारमा संलग्न चिकित्सकले सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।
स्रोतका अनुसार ‘प्रधानमन्त्रीलाई असहज महसुस भएपछि यहाँ भर्ना गरिएको हो।’ यस विषयमा के भएर उनी अस्पताल पुगेका हुने भन्नेमा थप जानकारी आउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता