नयाँ विद्यार्थी भर्ना गरिए कारबाही

पत्रपत्रिकाबाट

शुक्रबार, १४ चैत्र २०७६, ०७ : ४४
नयाँ विद्यार्थी भर्ना गरिए कारबाही

file photo

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने भएको छ ।

विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्माले कुनै पनि विद्यालयले यस अवधिमा नयाँ भर्ना लिन तथा प्रवेश परीक्षा लिन नपाउने स्पष्ट गरे । भर्ना लिइएमा कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस