यही हो बालबालिकासँग सम्बन्ध प्रगाढ बनाउने बेला

शुक्रबार, १४ चैत्र २०७६, ०७ : ४०
यही हो बालबालिकासँग सम्बन्ध प्रगाढ बनाउने बेला

काठमाडौँ । कोरोना सङ्क्रमण को खतराका कारण सरकारले गरेको लकडाउनको समयमा बालबालिकालाई सुरक्षित तवरले घरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् । चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी भन्छन्, “यस्तो समयमा मोबाइल वा इन्टरनेटमा समय बिताउनु बाध्यता हो ।

घरबाट बाहिर जान र साथीभाइसँग भेट्न नपाउने बेलामा यस्तो सामाजिक सञ्जाल, इन्टरनेटमा गेम खेल्नु स्वाभाविक हो ।” उनले बालबालिकासँग सम्बन्ध प्रगाढ बनाउन सुझाव दिए ।  उनले मोबाइल चलाउँदा पनि सुरक्षित तरिकाले चलाउँदा आफू र समाजलाई फाइदा हुनुका साथै स्वास्थ्यलाई पनि असर नपर्ने जानकारी दिए । 

 अरू बेला कार्यालय, विद्यालय जाने हतारो हुन्छ । त्यो बेला गर्न नपाएका धेरै काम हुन्छन्, जुन अहिले हामीले गर्न सकिने प्रस्ट पार्दै उनी थप्छन्, “मोबाइल चलाउनु परेमा पनि बालबालिकालाई सँगै राखेर चलाउनुपर्छ । यसबाट बालबालिकाले के हेरिरहेका छन् भनी अभिभावकलाई थाहा हुन्छ ।” हामीले इन्टरनेटबाट सुविधा लिन सक्नुपर्ने र त्यसलाई नशा बनाउन नहुने सुझाव दिँदै उनले भने, “मोबाइल चलाउने पनि समय निश्चित बनाउनुपर्छ ।” अभिभावक र बालबालिका सँगै बस्ने समय मिलेकाले बालबालिकालाई धेरैभन्दा धेरै कुरा सिकाउन सकिने उनको सुझाव छ ।

पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गरेकी प्राडा निर्मला उप्रेती भन्छिन्, “यो मौका भनेको आमाबुवा र बालबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय हो ।” बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो उनीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत भएको उनी बताउँ५न् । गोरखाापत्रमा यो खबर छ ।