‘लकडाउन सम्बन्धी अर्को घोषणा नहुँदा सम्म घरमै बस्नुस’

पत्रपत्रिकाबाट

विहीबार, १३ चैत्र २०७६, ०७ : ०५
‘लकडाउन सम्बन्धी अर्को घोषणा नहुँदा सम्म घरमै बस्नुस’

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले ट्विटमा फोटोसँग लेखेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईंहरु पनि घरमै बस्‍नुहोस् ।’ र, उनको ट्वीटमा छ, ‘अहिले हामी सबै लकडाउनमा छौं। सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस्।’

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका देशव्यापी लकडाउनको घोषणा गरेको छ। दुई दिनदेखि जारी लकडाउनको कतिपय ठाउँमा सामान्य अवज्ञा भएपछि प्रधानमन्त्री ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका हुन्।

बुधबारमात्रै थप एक नेपालीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि सरकार थप सतर्क भएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस