पोखरा । भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए ।
यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा भने प्रदेशमा कोरोना ल्याब टेष्ट मेसिन नभएको हुनाले काठमाडौं पठाउनु पर्ने बताउँछन्
। ‘सरकारले हाम्रो प्रदेशलाई पनि टेस्ट मेसिन दिने निर्णय त गरेको छ,’ उनले भने, ‘तर, आई सकेको छैन । कोरोना भएको हो कि होइन भनेर जाँच्न काठमाडौं मै पठाउनु पर्छ । लक डाउनले गर्दा पनि मेसिन आउन ढिला भई रहेको छ । सकेसम्म चाँडै आउँला मेसिन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०७६, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु