नेपाली कामदार  ‘लकडाउन’ बाट सिर्जित समस्या झेल्दै

पत्रपत्रिकाबाट

शनिबार, ०८ चैत्र २०७६, ०८ : ०८
नेपाली कामदार  ‘लकडाउन’ बाट सिर्जित समस्या झेल्दै

काठमाडौँ ।  कुवेतले फागुन २९ देखि दुई सातासम्म लागू हुने गरी ‘लकडाउन’ गरेको छ । उसले सबैलाई सार्वजनिक बिदा दिएको छ । अत्यावश्यक कामबाहेक कसैलाई कार्यालय आउन र बाहिरी क्षेत्रमा हिँड्न रोक लगाएको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द छन् । कार्गोका उडान भने जारी छन् ।

यस्तै मलेसियाले बुधबारदेखि १४ दिनका लागि ‘लकडाउन’ गरेको छ । सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् । मलेसियाका प्रमुख सहर सुनसान छन् । सडकमा गाडी र मोटरसाइकल अलि–अलि चलेका छन् । 

साउदी अरबमा पनि अन्तर्राष्ट्रिय र घरेलु उडान बन्द छन् । सार्वजनिक सवारीसाधन १४ दिनका लागि बन्द छ । मस्जिदहरूमा प्रार्थना गर्न रोक लगाइएको छ । 
कतारले बाहिरबाट आउने आफ्ना नागरिकलाई रोक लगाएको छैन । सबैलाई अनिवार्य रूपमा कतारको पाँचतारे होटलहरूमा क्वारेन्टाइनमा राखिएको छ । सबै प्रकारका सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस