काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले भट्टराईको स्वास्थ्य परीक्षण गराउँदा सबै रिपोर्ट सामान्य आएकाले केहीबेरमा डिस्चार्जको तयारी भएको आज जानकारी दिए ।
‘गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य रहेको र उक्त परीक्षण पश्चात हस्पिटलमै आराम गर्दा राम्रो हुने चिकित्सकको राय अनुसार अस्पतालमै रहनु भएको हो’, उनले भने, ‘उहाँको केहीबेरमै डिस्चार्ज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई