काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।  
समाजवादी पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले भट्टराईको स्वास्थ्य परीक्षण गराउँदा सबै रिपोर्ट सामान्य आएकाले केहीबेरमा डिस्चार्जको तयारी भएको आज जानकारी दिए ।
‘गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य रहेको र उक्त परीक्षण पश्चात हस्पिटलमै आराम गर्दा राम्रो हुने चिकित्सकको राय अनुसार अस्पतालमै रहनु भएको हो’, उनले भने, ‘उहाँको केहीबेरमै डिस्चार्ज हुँदैछ ।
                
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई