काठमाडौँ । कोरोनाभाइरस विश्वका अधिकांश राष्ट्रमा फैलिएर भयावह अवस्था सिर्जना भएको र नेपाल पनि जोखिममा रहेको हुनाले राष्ट्रिय खेलकुद परिषद राखेपले देशभित्र सबैखाले खेल गतिविधि तत्काल बन्द गर्न सूचना जारी गरेको छ।
कोरोनाभाइरसको जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावस्यक भएको जनाउँदै खेलकुदसँग सम्बन्धित सबैखाले प्रतियोगिता, सभा सम्मेलन, प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका मानिस भेला हुने गतिविधि एक हप्ताका लागि रोक्न परिषदले सूचना जारी गरेको छ।
परिषदका कार्यकारी प्रमुख सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले तत्कालका लागि खेलकुदमा पूर्ण बन्देज लगाउने निर्णय भएको हो। एक हप्तापछि कोरोनाभाइरस संक्रमणको अवस्था मूल्याङ्कन गरेर अर्को निर्णय गरिने परिषदले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत