काठमाडौ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा ललितपुर र ध्रुबबहादुर प्रधान नवलपरासी तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ कैलाली र गणेश चन्द बैतडीलाई मनोनयन गरिएको छ ।
राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो । राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो । आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा