राप्रपामा एकतापछि पहिलो मनोनयन

सोमबार, ०३ चैत्र २०७६, १६ : २६
राप्रपामा एकतापछि पहिलो मनोनयन

काठमाडौ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा ललितपुर र ध्रुबबहादुर प्रधान नवलपरासी तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ कैलाली र गणेश चन्द बैतडीलाई मनोनयन गरिएको छ ।

राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो । राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो । आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।