काठमाडौं । यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
विश्वव्यापी कोरोना भाइरसको कारण युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम चैत ४ गते मंगलबारदेखि बन्द गरिने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । अर्को सूचना जारी नहुँदासम्म प्रमाणीकरण सेवा बन्द रहने दूतावासले जनाएको हो ।
ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू हुने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलरसम्बन्धी सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
यूएईका नेताले पठाए प्रजातन्त्र दिवसको शुभकामना