काठमाडौं । फराकिलो, स्तरीय र सुन्दर! कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन। हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो। त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ।
अझ नेपालमै पहिलोपटक बनेको भनिएको कलंकीको अन्डरपासले ध्यान तानिरहेकै छ। तर यस्तो सुन्दर देखिने फराकिलो र स्तरीय सडकभित्र जोखिमको कहर भने लुक्न सकेको छैन। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यस सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरू जेब्राक्रस रेखा, डिभाइडर, आकासे पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा जोखिम बढेको बढै छ।
छ वटाभन्दा बढी मुख्य चोक रहेको यस सडक खण्डको कोटेश्वर, बीएन्डबी र धोबीघाटमा चीनले आकाशे पुल बनाइदिएको हो। यातायात विज्ञ आशीष गजुरेलले उक्त सडक खण्ड पैदलयात्री मैत्री नभएको बताउँदै भने– ‘त्यहाँ सुरक्षित क्रसिङको व्यवस्था नभएकाले त्यसलाई सुरक्षित भन्न सकिँदैन। किनकि सडक खुला र फराकिलो भए पनि क्रसिङ र जेब्राक्रसिङ उपयुक्त नभएकाले धेरै सुधार गर्नुपर्ने देखिन्छ।’
चिनियाँ ठेकेदार कम्पनी सांघाई ग्रुपले विस्तार गरेको १० किमि भएको यस सडकमा दिउँसोभन्दा साँझ र बेलुका यात्रा गर्न जोखिम बढेको पाइएको छ। सडक छेउमा बत्ती नहुँदा रातको समयमा सवारी चालकदेखि पैदलयात्री जोखिममा परेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ चैत्र २०७६, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला