काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् । गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार अप्रेशन भएको थियो ।
ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र सबै सूचक पनि राम्रो रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन् । ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्योरोपण गरिएको हो । यसअघि १२ वर्षअघि उनको भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपनि केही समय बालुवाटारस्थित सरकारी निवासमै आराममा रहनेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’