काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् । गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार अप्रेशन भएको थियो ।
ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र सबै सूचक पनि राम्रो रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन् । ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्योरोपण गरिएको हो । यसअघि १२ वर्षअघि उनको भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपनि केही समय बालुवाटारस्थित सरकारी निवासमै आराममा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना