एजेन्सी । युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।
युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले उल्लेख गरेको छ ।
उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए । उनी इटाली फर्कनुअघि क्वारेन्टाइमा बस्नुपर्ने भएको हो । रोनाल्डो क्वारेन्टाइनमा बसेको समाचारलाई पोर्चुगलका सञ्चारमाध्यामले पनि महत्वका साथ प्रकाशित गरेका छन् ।
आइतबार इन्टर मिलानलाई पराजित गरेपछि रुगानीले टोलीको सामूहिक तस्बिर समेत सार्वजनिक गरेका थिए । जसमा टोलीका अन्य सदस्यसँगै रोनाल्डो पनि छन् । रुगानीसँगै रोनाल्डो र अन्य खेलाडीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकाले पनि सबै खेलाडीलाई क्वारेन्टाइमा राखिनुपर्ने बताइएको छ ।
कोरानाका कारण इटालीमा अहिले ६ करोड भन्दा बढी मानिस प्रभावित बनेका छन् । हाल इटालियन सिरि ‘ए’ पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०७६, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डोको निर्णायक गोलमा अल–नासर विजयी
रोनाल्डोको दुई गोलमा अल–नासरको लगातार सातौँ जीत
बालोन डीअर अवार्डका लागि ३० खेलाडी सर्टलिस्ट, रोनाल्डो अटाएनन्
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्सको उपाधि
रोनाल्डोको कीर्तिमानी उपस्थितिमा पोर्चुगलको सहज जित
रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन