एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आगामी क्लब विश्वकपमा भाग नलिने घोषणा गरेका छन्। प्रतियोगितामा भाग लिने केही क्लबहरूले प्रस्ताव गरे पनि उनले ती अस्वीकार गरेका छन्।
४० वर्षीय रोनाल्डोको साउदी अरेबियाको क्लब अल-नासरसँगको सम्झौता यो जुन महिनाको अन्त्यमा समाप्त हुँदैछ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मे महिनामा अल-नासर क्लब छनोटमा परेन भने अन्य क्लबहरूसँग रोनाल्डोको सम्भावित सहभागिताको संकेत दिएका थिए।
तर रोनाल्डोले भने, “म क्लब विश्वकपमा हुने छैन। केही क्लबहरूले सम्पर्क गरेका थिए। केही प्रस्ताव राम्रो थिए, तर केही प्रस्ताव खासै महत्त्वपूर्ण लागेनन्। तपाईंले हरेक कुरा गर्न सक्नुहुन्न, हरेक बल समात्न सकिँदैन।”
मे महिनामा अल-नासरको अन्तिम लिग खेलपछि सामाजिक सञ्जालमा “यो अध्याय समाप्त भयो” भन्दै रोनाल्डोले पोस्ट गरेपछि उनी अर्को क्लबमा जाने चर्चा चलेको थियो। यद्यपि बीबीसी स्पोर्टका अनुसार अल-नासरले रोनाल्डोसँगको सम्झौता नवीकरण हुनेमा विश्वास राखेको छ।
आइतबार स्पेनविरुद्ध हुने नेसन्स लिगको फाइनल खेलअघि बोल्दै रोनाल्डोले आफ्नो भविष्यबारे करिब निर्णय भइसकेको बताएका छन्।
रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेडबाट अलग भएपछि अल-नासरमा आबद्ध भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा पछिल्लो सिजन मात्र ४१ खेलमा ३५ गोल गरेका थिए।
बुधबार जर्मनीविरुद्ध २–१ को जितमा निर्णायक गोल गर्दै उनले पोर्चुगललाई नेसन्स लिगको फाइनलमा पुर्याएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०८२, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर
मकुना र रोनाल्डोले पोथी हात्ती खोज्दै बस्तीमा आएपछि निजीलाई एकीकृत गर्न माग
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी