काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । ज्वरो आएपछि उनको अस्पताल बसाइँ केही दिन लम्बिन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको अस्पतालले जनाएको छ ।
अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उहाँलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज गरिएको छैन । चिकित्सकका अनुसार रगत र पिसाब परीक्षणका लागि पठाइएको छ। रिपोर्टहरू आउन बाँकी छ ।
चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न खोजिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली