काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । ज्वरो आएपछि उनको अस्पताल बसाइँ केही दिन लम्बिन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको अस्पतालले जनाएको छ ।
अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उहाँलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज गरिएको छैन । चिकित्सकका अनुसार रगत र पिसाब परीक्षणका लागि पठाइएको छ। रिपोर्टहरू आउन बाँकी छ ।
चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न खोजिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत