काठमाडाैं । विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् ।
बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको दाइजो दिन नसक्नु ।
धनुषाको नगरायन नगरपालिकास्थित जटहीकी बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएको थियो । तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् ।
ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गर्दा पनि विवाह नभएपछि बेचनी मारमा परेका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश