काठमाडौँ । सभामुख अग्नि सापकोटासँग नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले सापकोटासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिकसम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको न्यौपानेले बताए ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०७६, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चार मन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट
अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट
मन्त्री न्यौपानेसँग स्वीस राजदूत माइयरको शिष्टाचार भेट
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
सञ्चार मन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट