रौतहट । सर्लाही धनकौला गाउँपालिका–६ छोटौल बैरिया टोल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय जयनारायण राम पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सोमबार राति रौतहटबाट हतियारसहित पक्राउ गरेको हो ।
रौतहटको गरुडा प्रहरी कार्यालयबाट खटेको टोलीले दुबैजनालाई गढीमाई नगरपालिका–६ धरमपुरस्थित बागमती पुल नजिकबाट पक्राउ गरिएको हो । सडकबाट आवतजावत गर्ने मोटरसाइकलहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरु हतियारसहित पक्राउ परेको गरुडा प्रहरी कार्यालयका इन्चार्ज महतोले जानकारी दिए ।
बीआर ३० यू ८३८२ नम्बरको मोटरसाइकल चढेर हतियारसहित दुईजना मानिसहरु आइरहेको विशेष सूचनाको आधारमा गरुडा प्रहरी कार्यालयका इन्चार्ज डीएसपी ज्ञानकुमार महतो नेतृत्वको टोली घेरा हालेर बसेको थियो । चेकजाँचको क्रममा राजेशको साथबाट एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली तथा जयनारायणको साथबाट एक राउण्ड गोली बरामद भएको डीएसपी महतोले बताए । पक्राउ परेका दुबैजनालाई गरुडा प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०७६, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ