दमास्कस । सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन् ।
एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा दुर्घटना भएको बताइएको छ ।
ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो । ती ठूला बसमा बढीजसो इराकी यात्रु रहेका जनाइएको छ ।
गृहमन्त्री मोहम्मद खालेद अल रहमानले घटनामा परी अरु ७७ जना घाइते भएको जानकारी दिनुभयो ।
राजधानी दमास्कस नजिकैको धार्मिकस्थलतर्फ गइरहेको बेला सो दुर्घटनामा परेका अधिकाँश शिया मुस्लिम धर्मावलम्बी रहेको बताइएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु