दमास्कस । सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन् ।
एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा दुर्घटना भएको बताइएको छ ।
ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो । ती ठूला बसमा बढीजसो इराकी यात्रु रहेका जनाइएको छ ।
गृहमन्त्री मोहम्मद खालेद अल रहमानले घटनामा परी अरु ७७ जना घाइते भएको जानकारी दिनुभयो ।
राजधानी दमास्कस नजिकैको धार्मिकस्थलतर्फ गइरहेको बेला सो दुर्घटनामा परेका अधिकाँश शिया मुस्लिम धर्मावलम्बी रहेको बताइएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु