शब्दको हिज्जेका सम्बन्धमा

आइतबार, २५ फागुन २०७६, १२ : २०
शब्दको हिज्जेका सम्बन्धमा

– लोकमणि पौडेल

अहिले नेपाली भाषाको हिज्जेमा भद्रगोल भएको कुरा सबैले स्वीकार गरेका छन्। लेखक, पत्रकारहरु चिन्तित छन्। नेपाली भाषा का गुरुहरु तथा विद्यार्थीहरु पीडित छन्। स्वयं नेपाली भाषा धराशायी भएको छ। सम्पूर्ण नेपाली लाई एकता को सूत्र मा गाँस्ने यही भाषा हो। यो भाषा कमजोर हुनु सँगै नेपालीबीचको एकता पनि कमजोर हुन्छ। भद्रगोल हुनु भनेको कमजोर हुनु हो। यो भद्रगोलले नेपाली भाषाप्रतिको आकर्षण स्वाट्टै घटेर गएको छ।

नेपाली भाषा एसरी भद्रगोल हुनुका पछाडी त्रिवि र प्रज्ञाका हर्ताकर्ता बनेका केही गुरुहरुको अवैज्ञानिक सोच जिम्मेवार छ। उहाँहरुले भाषालाई अरु छरितो र सरल बनाउने नाउँमा एस्ता नीति र नियमहरु अगाडी सार्नुभयो जुन अवैज्ञानिक त छन् छन् त्यो माथी अत्यन्त त्रुटियुक्त पनि छन्। एसका विरुद्ध हामी प्रयोक्ताहरु एकजुट हुनुको अर्को विकल्पै छैन।

पहिलो गलत नीति हो, आगन्तुक र तद्भव शब्द को वर्णविन्यासमा परिवर्तन। एस नीतिले चलिरहेको हिज्जेलाई त्यागेर आगन्तुक र तद्भव शब्दमा दन्त्य स, चिरेको ब र शुरु र मध्य मा ह्रस्व स्वरको प्रयोग गर्नुपर्ने निर्देशन दिन्छ। एसैलाई आधार मानेर अहिले सम्पूर्ण नेपाली पाठ्यपुस्तक का हिज्जे फेरिएको छ। स्कूल- स्कुल भएको छ भने फूल- फुल भएको छ। एसकै आधार मा दशैं- दसैं भएको हो शहर- सहर भएको हो र शहीद- सहिद भएको हो। कानून- कानुन भएको पनि यही गलत नियमका प्रभावले हो। अहिले खुशी खुशी छैन खुसी भएको छ। लेखनाथ, देवकोटा, बालकृष्ण आदिले लेखेको ठीक हिज्जे 'बेठीक' करार भएको छ। लौ जे भयो भयो अब एसैमा चलौं भनौं भने पनि चल्न सकिने अवस्था छैन। यो नीतिका आधारमा वाल्ल- बाल्ल हुनुपर्छ र वकील- बकिल हुनुपर्छ र वकालत- बकालत हुनुपर्छ। वाक्कलाई बाक्क भन्नुपर्छ र वस्तीलाई बस्ती बनाउनु पर्छ। अंग्रेजी वनलाई बन गर्नुपर्छ र वान्टेडलाई बान्टेड। यो नियमले प्रभावित भएर उच्चारणमा समस्या आउने हजारौं शब्द छन्। यदि कुनै नीतिको पालना हुँदा व्यवस्थाभन्दा अव्यवस्था हावी हुन्छ भने त्यो नीति कसैलाई पनि स्वीकार्य हुन सक्दैन।

अर्को कुरा हो यो नीतिले शब्दलाई टुहुरो पार्ने काम गर्छन्। शब्दका टेक्ने अखेटा र समात्ने हाँगाहरु काटिदिने काम यो नीति अन्तर्गत पर्छ। आँफू जन्मेको माऊ शब्दको हिज्जेभन्दा पृथक् हिज्जे दिन खोज्दा अनुहार माऊसँग नमिल्ने हुन्छ। अनुहार नमिल्नासाथ उनीहरु टुहुरा जस्ता हुन्छन्। टुहुराहरु कमजोर हुन्छन्। यो नीति ले नेपाली अनगिन्ती शब्दहरु लाई टुहुरा पारेको छ। जस्तो कि दशबाट दसैं भएको छ, पूर्व पश्चिमबाट पुर्बेली पस्चिमेली भएको छ। शब्दबाट सब्द्यौली भएको छ र शतबाट सय भएको छ। हजारौं शब्दहर वर्णसंकर भएका छन्। एसरी शब्दलाई बलजफ्ती नियमका अधीनमा बस्न बाध्य पार्न खोज्यौं भने त्यो चिरकालसम्म स्थायी हुँदैन। एसले भाषालाई हितभन्दा अहित नै बढ्ता गर्छ।

दोस्रो गलत नीति हो नेपाली वर्णमाला बाट केही वर्णहरु हटाउने कुरा। अहिले नेपाली भाषामा निस्किएका अधिकांश व्याकरण का पुस्तकहरुमा नेपाली वर्णमाला बाट केही वर्णहरु हटाइएको छ। प्रज्ञा बाट प्रकाशित ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ ले पनि यो कुरा लाई सदर गरेको छ। त्रिवि कै रेखदेख र निगरानी तथा प्रज्ञाप्रतिष्ठानको पहलकदमीमा सरकारी ढुकुटीको खोलो नै बगाएर नेपाली भाषा को हिज्जेमाथी एति जघन्य अपराध भइरहेको छ कि तेसको जति निन्दा गरे पनि कम हुन्छ । प्रज्ञाबाट निस्केको उक्त व्याकरण तथा अचेल निस्किएका अन्य नेपाली व्याकरणमा २९ वटा मात्रै व्यञ्जन भएको उल्लेख छ । अर्थात् नेपाली भाषा मा ञ, ण, व, श, ष व्यञ्जन को आवश्यकता नरहेको कुरा लाई आधिकारिक रुप मै पुष्टि गर्ने दुस्साहस गरिएको छ।

यी व्यञ्जन नेपाली भाषा मा बोलिँदैनन् भन्ने उहाँहरु को तर्क छ। तल थोप्ली ु।वु वर्ण लाई त आजभन्दा ५ दशक अगाडी नै फ्याँकी सकिएको हो। यी अहिले फ्याँक्न आँटिएका वर्णहरु लाई पनि उहाँहरु संस्कृत तत्सम शब्द मा भने प्रयोग गर्न लजाउनुहुन्न । एसबाट के सिद्ध हुन्छ भने नेपाली वर्णमाला लाई यी वर्णहरु को बोझ बाट हलुका पार्ने उद्देश्य उहाँहरुको होइन रहेछ । जब तत्सम शब्दहरु का लागि यी वर्ण उपयोग गर्नुपर्ने नै हुन्छ भने नेपाली वर्णमाला बाट तिनलाई हटाएर विद्यार्थी लाई ती वर्णहरु चिन्न नसक्ने किन बनाउन खोजिएको हो रु एस भित्र निहित स्वार्थ के हो रु के नेपाली भाषा को अस्तित्व समाप्त पार्ने षडयन्त्र मा त्रिवि र प्रज्ञा का मठाधीशहरु कस्सिएरै लाग्नुभएको हो रु

एउटा कुरा नेपाली भाषा का प्रेमीहरु ले बुझ्नु जरुरी छ— नेपाली भाषा समुच्चार्य भाषा हो । जस्तो लेख्यो तेस्तै बोलिने । तेसैले हामीले आँफूसँग भएका वर्णहरु हटाउने वा घटाउने होइन बरु जोगाउने वा कुनै वर्ण मूर्च्छित अवस्था मा भएका भए तिनलाई ब्युँताउने चेष्टा गर्नुपर्छ ।

एउटा तोते बोल्दै गरेको बच्चा ले 'बाबा हेर त' भन्न नसकेर 'बाबा हेल त' भन्यो भनेर 'रू' फाल्ने तथा अंग्रेजी मा 'त' उच्चारण छैन भनेर 'त' फाल्ने कुरा लाई जसरी व्यावहारिक मान्न सकिन्न उसरी नै नेपाली वर्णमाला बाट ूञ, ण, व, श, षू लाई हटाउने कुरा स्वीकार गर्न सकिन्न र किमार्थ हुँदैन पनि ।

ञ को उच्चारण सुन्दा यँ जस्तो सुनिन्छ। जस्तै तपाञी।
ण को उच्चारण सुन्दा ण नै सुनिन्छ। गण र गन को भिन्न उच्चार।
व को उच्चारण सुन्दा उअ सुनिन्छ। व युक्त धेरै शब्दहरु छन्।
श को उच्चारण श्याम बोलेर हेर्न सकिन्छ।
ष को उच्चारण षडानन्द बोलेर हेर्न सकिन्छ।

एसरी यी सबै वर्णमा उच्चारण वैचित्र्य छ। भोलि कुनै शक्तिशाली स्वरमापन यन्त्र बन्यो भने तेसले इनलाई सहजै पहिचान गर्ने छ। अहिले धमाधम ससाना नानीहरु का नेपाली पाठ्यपुस्तक बाट समेत यी वर्णहरुलाई हटाउने जुन काम भइरहेको छ र तेसको पक्ष मा जसरी अनेक गुरुहरु जुटिरहनु भएको छ तेसको विरोध मा हामी समस्त नेपाली भाषा प्रेमीहरु तात्नुपर्ने बेला आएको छ । एसमा एसरी नै आँखा चिम्लने हो भने एसले भोलि भयावह दुर्घटना निम्त्याउने निश्चित छ ।
 

प्रतिक्रिया दिनुहोस