चन्द्रौटा । भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं ८ निवासी १६ वर्षीया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्धार गरेको हो ।
शिवरात्रिका दिन मेला हेर्न जान्छु भनेर हिँडेकी किशोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्वयन गरी उद्धार गर्न सफल भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।
उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारको जिम्मा लगाइएको छ । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार