काठमाडौं । खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । नुहाउने क्रममा आज बिहान सुन्दरीजल खोलामा बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो ।
बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए ।
खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
भारतले इरानबाट १० नेपालीलाई उद्धार गर्ने
इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार