झारखण्ड । भारतको झारखण्डमा एक महिलाले रेलको अगाडि हामफालेर आत्महत्या गरेकी छन् ।
शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलका अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले आत्महत्या गरेकी हुन् । श्रीपल्ली निवासी मीनाक्षीले किन आत्महत्या गरिन् भन्ने खुल्न नसकेको प्रहरी अधिकारीहरुको भनाइ छ ।
प्रहरीका अनुसार मृतक महिला आफ्नी छोरीसमेत परिवारका सदस्यहरुका साथ श्रीपल्लीस्थित तारा अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।
प्रत्यक्षदर्शीका अनुसार मीनाक्षी करिब २० मिनेटदेखि रेलवे स्टेशनको एउटा छेउमा बसेर रोइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेल देखेपछि उनी जुरुक्क उठेर रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हामफालेकी थिइन् ।
घटनास्थलमै उनको मृत्यु भएको बताइन्छ । प्रहरीले उनको शव पोस्टमार्टमका लागि पठाएको छ । मृतकका पति पुरुषोत्तम सिंह भने कोलाकातामा बस्दै आएको बताइन्छ । उनको पैतृक गाउँ बिहारको मुगेर जिल्लामा पर्दछ ।
पुरुषोत्तमका दाजु विजय सिंह परिवारका सदस्यहरुका साथ जामताडास्थित अपार्टमेन्टमा बस्दै आएका छन् । मृतक मीनाक्षी केही महिना अघि छोरीका साथ जामताडामा पुगेकी थिइन् ।
पति पुरुषोत्तमका अनुसार मीनाक्षी केही समयदेखि डिप्रेसनमा थिइन् । कोलकातामा बस्दै आएकी उनी अचानक त्यहाँबाट जामताडामा आएर परिवारका अन्य सदस्यहरुका साथ बस्न थालेको पुरुषोत्तमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास
एसईईमा फेल भएपछि दुई छात्राले गरे आत्महत्या
संसद् भवन सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या