काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा पार्टीका विभाग गठन गर्दै आफू निकट नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नेसम्मका गतिविधि गरेपछि कांग्रेसभित्र फेरि किचलो देखिएको हो ।
सभापति देउवाले केही दिनअघि पार्टीका रिक्त विभागमा आफू निकट केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएका थिए । यस्तै, उनले अन्य पार्टीबाट विभिन्न समयमा कांग्रेस प्रवेश गरेकाहरूलाई समेत पार्टीमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी दिएका थिए ।
संस्थापन समूहको सो किसिमको रणनीतिपछि कांग्रेसभित्रको इतर समूह मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह आक्रोशित भएको छ । सो समूहले संस्थापन समूहको रणनीतिलाई कसरी रोक्ने भन्ने विषयमा दिनहुँजसो छलफलसमेत गर्दै आएको छ ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ फागुन २०७६, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल