काठमाडौं । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । झापाकी ‘भान्जी’ समीक्षा संग्रौला ज्ञवालीको मिर्गौला प्रधानमन्त्रीमा प्रत्यारोपण गरिने भएको छ ।
प्रधानमन्त्रीको दोस्रोपटक बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ । आजको नयाँ पत्रिका लेख्छ–मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले गर्नेछन् ।
एकले प्रधानमन्त्री र अर्काले संग्रौलाको शल्यक्रिया गर्नेछन् । प्रा.डा. ज्ञवालीको ‘ब्याक सपोर्ट’मा ओलीकै पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार रहनेछन् । उनी नेपाल आइसकेका छन् । ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिवेला उनलाई चितवननिवासी भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दान दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति