काठमाडौं । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । झापाकी ‘भान्जी’ समीक्षा संग्रौला ज्ञवालीको मिर्गौला प्रधानमन्त्रीमा प्रत्यारोपण गरिने भएको छ ।
प्रधानमन्त्रीको दोस्रोपटक बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ । आजको नयाँ पत्रिका लेख्छ–मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले गर्नेछन् ।
एकले प्रधानमन्त्री र अर्काले संग्रौलाको शल्यक्रिया गर्नेछन् । प्रा.डा. ज्ञवालीको ‘ब्याक सपोर्ट’मा ओलीकै पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार रहनेछन् । उनी नेपाल आइसकेका छन् । ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिवेला उनलाई चितवननिवासी भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दान दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की