काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ९० बर्षीय पिता मोहन प्रसादको आशीर्वाद लिएर त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट साँझ मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गर्नअघि ओलीलाई बुबा मोहनप्रसादले स्वास्थ्य लाभको कामना गरेका थिए ।
आज र भोलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उनको दोस्रोपटक मृगौला प्रत्यारोपण गरिने सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा उनको पहिलोपटक प्रत्यारोपण गरिएको थियो ।
नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भरोसा गरी प्रधानमन्त्रीले स्वदेशमै प्रत्यारोपण गराउन लिएको यस निर्णयले दूरगामी महत्व बोकेको यथार्थ स्पष्ट भएको थापाले बताए । प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपन गर्न भारतबाट यस अघि उनलाई प्रत्यारोपन गरेका चिकित्सकको टोली पनि नेपाल आईपुगेको छ ।
नेपाल आएसंगै आज बिहान प्रधानमन्त्रीसंग भारतिय चिकित्सकको टोलीले छलफल समेत गरेका थिए । मृगौला प्रत्यारोपनका लागि ओली आज सोमबार साँझ ६ बजे टिचिंग अस्पताल समेत भर्ना भएका छन् । उनलाई भान्जी पर्नेले मृगौला दिने भएकाले उनी पनि आजै सांझ अस्पताल भर्ना भएका छन् ।
यस अघि ओलीको मृगौला प्रत्यारोपन अमेरिकामा हुने हल्ला चलेको थियो । तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि संक्रमण हुन सक्ने त्रासले ओलीलाई स्वदेशमै मृगौला प्रत्यारोपन गर्न थालिएको श्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, २२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति