काठमाडौं । अमेरिकामा नेपालीको जनसंख्या बढेसंगै नेपाली भाषालाई मान्यता दिलाउन अभियान शुरु भएको छ । कतिपय राज्यले नेपाली भाषालाई मान्यता दिन पनि पहल गरिसकेको छ ।
वाशिंटन डिसी,अमेरिकामा अहिले नेपाली भाषीहरूको जनसंख्या ५ लाख भन्दा बढी रहेको मानिन्छ । तर आधिकारिक रूपमा आंकडा नभएकोले तथा कागजपत्र विहिनहरूको कुनै रेकर्ड नहुने हुनाले यो संख्या त्यो भन्दा पनि बढी नै हुन सक्ने आकलन गरिन्छ । नेपालीको जनसंख्या बृद्धिसँगै नेपाली भाषालाई मान्यता दिलाउने, नेपाली भाषालाई आधिकारिक भाषाको रूपमा प्रयोगका लागि पहल गर्ने काम अमेरिकामा पनि शुरू भएको छ ।
यसै क्रममा केही अमेरिकी राज्यहरूमा नेपाली भाषामा परीक्षा दिन पाईने भएको छ । त्यसैगरी अमेरिकाको १७२ बर्ष पुरानो नेशनल लाईफ ग्रुपले नेपाली भाषामा पहिलोपल्ट प्रकाशित गरेको जानकारी मूलक पुस्तिका अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले एक समारेहका बीच विमोचन गर्नु भयो ।
विमोचन पश्चात् उहाँले यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागीहुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । नेशनल लाईफ गु्रपका उपाध्यक्ष जेनिफर वारफिल्डले सन् १८४८ मा स्थापित नेशनल लाईफ गु्रपले नेपाली समुदायलाई महत्व दिंदै नेपाली भाषामा प्रकाशित गरेको बताईन् ।
स्मरणीय छ, सो कम्पनीमा संस्थागत रूपमा प्रवेश गर्ने प्रथम नेपाली अनुभव गिरी हुन् र उनकै पहलमा नेपाली भाषामा प्रकाशन हुन सम्भव भएको हो । सो अवसरमा अमेरिकामा नेपाली संगीत तथा नृत्य प्रबर्धन गरिरहेको केसी डान्स केन्द्रका कलाकारहरूले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न