काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल भरपाई गरी भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरेको अभियोग तिनलाई लागेको छ ।
उनीहरुले पटकपटक गरी रु ३७ लाख ५० हजार बराबरको घुस लिएको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सिडिई बस्नेतले आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ फागुन २०७६, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो