एजेन्सी । भारतको मेघालयमा नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शनको क्रममा झडप हुँदा दुईजनाको मृत्यु भएको छ । मेघालयको इस्ट खासी हिल्समा भएको प्रदर्शनको क्रममा झडप भएको हो ।
झडपमा दुईजनाको मृत्यु भएपछि अवस्था थप उग्र एवम् तनावग्रस्त बन्न नदिन भन्दै स्थानीय प्रशासनले शिलोङ्ग शहरमा कर्फ्यू लगाएको छ । यस्तै प्रशासनले इन्टरनेट सेवा पनि बन्द गरेको छ।
शनिबार बिहान शिलोङ्गको बजार क्षेत्रमा खासी छात्र संघ (केएसयू) सदस्य र गैर–आदीवासी समूहबिच झडप भएको हो । सो झडपमा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकजना खासी युनियनका नेता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपको क्रममा भएको चक्कु आक्रमणमा कम्तिमा ६ जना घाइते भएका छन् । अवस्था सामान्य बनाउन प्रशासनले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन