गलकोट । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।
विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्व्शिक्षकसमेत रहेका गौतमले जानकारी दिनुभयो । शर्मा युवासङ्घको नेतृ हुनुहुन्छ । “हामीले राम्रो कामको शुरुआत आफैँबाट गर्नुपर्छ”, शर्माले भन्नुभयो, “भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौँ ।”
सो विद्यालयको ६४औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।
कक्षा ११ , माध्यामिक शिक्षा परीक्षा (एसइई) का परीक्षामा सर्वाेत्कृष्ट जीपीए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका साथै वर्ष शिक्षकसमेत छनोट गरेर पुरस्कृत गरिनेछ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?