रौतहट । रौतहटमा एकजनाले छिमेकीमाथि छुरा प्रहार गरी हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीका अनुसार शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् । छुरा प्रहार गर्ने आलमलाई प्रहरीले नियन्त्रण लिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
डीएसपी कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलमको नाउमाथि परेको थियो ।
शुक्रबार राती आफ्नो घरबाट छुरा लिएर मुस्ताक आलम अब्दुल खैरलाई खोज्दै जाँदा हँथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो । मोटर चोरीमा नाम लगाउने विषय लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
कुटपिटपछि आक्रोसित मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । छुरा प्रहार गरे लगतै मुस्ताख आलम जमुनिया बाट फरार भएका थिए । घटनापछि विभिन्न प्रहरी कार्यालयबाट झिकाइएको प्रहरी टोलीले गाउँ घेरा हालेको थियो ।
डिएसपी कार्कीले घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट राति ११ बजे पक्राउ गर्न सफल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०७६, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या