छिमेकीमाथि छुरा प्रहार गरी हत्या

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, ०९ : ५३
छिमेकीमाथि छुरा प्रहार गरी हत्या

रौतहट । रौतहटमा एकजनाले छिमेकीमाथि छुरा प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीका अनुसार शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् । छुरा प्रहार गर्ने आलमलाई प्रहरीले नियन्त्रण लिएको छ । 
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । 

डीएसपी कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलमको नाउमाथि परेको थियो ।  

शुक्रबार राती आफ्नो घरबाट छुरा लिएर मुस्ताक आलम अब्दुल खैरलाई खोज्दै जाँदा हँथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो । मोटर चोरीमा नाम लगाउने विषय लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटपिटपछि आक्रोसित मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । छुरा प्रहार गरे लगतै मुस्ताख आलम जमुनिया बाट फरार भएका थिए । घटनापछि विभिन्न प्रहरी कार्यालयबाट झिकाइएको प्रहरी टोलीले गाउँ घेरा हालेको थियो ।  

डिएसपी कार्कीले घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट राति ११ बजे पक्राउ गर्न सफल भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस