झण्डै तीन सय बिघा जग्गा फिर्ता

शनिबार, १७ फागुन २०७६, ०७ : ३०
झण्डै तीन सय बिघा जग्गा फिर्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिका नाममा दर्ता भएको २८४ बिघा सरकारी जग्गा ट्रस्टका नाममा फिर्ता गराइसकेको छ ।

देशभर व्यक्तिले अतिक्रमण गरी उपयोग गरिरहेका सरकारी जग्गालाई सरकारले फिर्ता ल्याउने अभियान नै चलाएको स्पष्ट पारिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले फिर्ता ल्याउने क्रम जारी रहेको बताइन् । उनले जग्गा फिर्ता ल्याउने क्रम दिन प्रतिदिन यो बढ्ने क्रममा छ भनिन् ।

शुक्रवार मन्त्रालयमा दुई वर्षको अवधिमा भए गरेका प्रगति सार्वजनिक गर्ने क्रममा जग्गा फिर्ताको अभियानमा सरकार रहेको स्पष्ट पारिन् । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।