काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गरेका छन् । उनले समस्या समाधान हुने भन्दै नआत्तिन कार्यकर्तालाई अनुरोध गरे ।
बिहीबार राजधानीमा आयोजित पार्टीको बागमतीस्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीलाई विघटनको दिशामा जान नदिन सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘यो पार्टी हामीले विघटनको दिशामा जान दिँदैनौं भनेर प्रतिज्ञा गर्नु पर्छ । हामीले यो आन्दोलनलाई विचलित हुन दिनु हुँदैन’, पार्टीमा देखिएको समस्याप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘कार्यकर्ता आतिनु पर्दैन । अहिले समस्या छ । त्यो समाधान हुन्छ ।’
नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेपालले बताए । पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने नेपालको भनाइ छ । नेता ईश्वर पोखरेलले पार्टी एकताले समस्या ल्याएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन: माधव नेपाल
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल