बर्दिबास । नेकपा मालेका महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनाग्रस्त भएको छ । बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीलेजानकारी दिए ।
उनका अनुसार मैनाली बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो । मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।
हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते