काठमाडौँ । सीमा प्रहरी चौकी टिमुरे सिन्धुपाल्चोकका प्रहरी निरीक्षक (इन्सपेक्टर) खेम प्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन् ।
गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन बरामद गरी उनीहरुले लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बन गरेको हो ।
उनीहरुले सुन तस्करीमा संलग्न चालकलाई सो सुन लिएर छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरेको अख्तियारले जनाएको छ ।
तपशिलः
प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
हरी हवल्दार रामशरण रिमाल
प्रहरी हवल्दार पुरुषोत्तम खत्री
प्रहरी हवल्दार रामकाजी लामा
प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
प्रहरी जवान शिव नारायण चौधरी
प्रहरी जवान युवराज खरेल
प्रहरी जवान भविलाल रुम्बा लामा
प्रहरी जवान रामचन्द्र वि.क.
प्रहरी जवान रिता चौधरी
प्रहरी जवान मनोज आले
प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
प्रहरी जवान तारा बहादुर प्रजा
प्र.का.स. हरी बहादुर श्रेष्ठ
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ फागुन २०७६, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस